साझेदारी गर्नुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार आलु रातोको अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ भने आलु सेतोको ३६ रुपैयाँ रहेको छ । यसैगरी प्याज सुकेको (भारतीय) को १४५ रुपैयाँ मूल्य रहँदा गोलभेँडा ठुलो नेपालीको ३० रुपैयाँ कायम भएको छ ।

 

यस्तै गोलभेँडा सानो लोकलको २० रुपैयाँ, काउली स्थानीयको ३० रुपैयाँ रहेको छ । यसैगरी मौसमको १५०, रुख कटहरको १२०, अम्बाको १५०, अनारको ४०० रुपैयाँ कायम भएको छ ।