साझेदारी गर्नुहोस्

फिल्मको अभिलेख राख्ने एजेन्सी आईएमडीबीको भारतीय संस्करणले नयाँ सूची सार्वजनिक गरेको छ, जसमा तृप्ति सबैभन्दा लोकप्रिय सेलिब्रिटी बनेकी छन् । आईएडीबीले हरेक साता यो सूची जारी गर्छ । पछिल्लो साता उक्त वेबसाइटमा धेरै खोजिने सेलिब्रिटीले सूचीमा स्थान पाउँछन् । तृप्तिपछि यो सूचीमा ‘एनिमल’ निर्देशक सन्दीप रेड्डी भांगा दोस्रो स्थानमा छन् ।