साझेदारी गर्नुहोस्

इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा १ सय ११ जना प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पु¥याएको जनाएको छ ।

 

गाजा शहरको केन्द्रमा रहेको अल–दराजमा एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ ।

यसैगरि गाजा पट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चारवटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।