सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो ।
मंगलबार ३३.६४ अंकले बढेको सेयर बजार १९८२.२२ विन्दुमा आएर बन्द भएको छ । २९६ कम्पनीको ९४ हजार २८५ पटक भएको कारोबारमा १ करोड २३ लाख १९ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड १७ लाख ८२ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।

















