साझेदारी गर्नुहोस्

विराटनगरको सात घुम्तीमा रहेको कवाडी गोदाममा आगो लाग्दा दुई जनाको मृत्यस भएको छ । चार जना घाईते भएका छन् । आगोमा गरेर दीपक मण्डल र पहिचान नखुलेका एक जनाको मृत्यु भएको हो । आगलागीमा परी विराटनगर–६ की ६० बर्सिया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरकी गाउँपालिका–६ की ३० बर्सिया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन् । उनीहरूलाई थप उपचाकालागि काठमाडौँ ल्याइएको छ । । नेपाली सेनाको स्काई ट्रकबाट उनीहरूलाई जलन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सात घुम्तीमा रहेको कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासि आगलागी भएको थियो । गोदामभित्र काम गरिरहेको अवस्थामा बाहिर निस्कने गेटबाट आगो लागेका कारण कामदारहरू सहजै भाग्न नपाएको प्रहरीले जनाएको छ ।आगलागी प्रहरी, वारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीको कारण र क्षतिको विवरण आई नसकेको प्रहरी जनाएको छ ।