साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना पार्टीहरुभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गर्दै विश्वास गर्न अपिल गरेका छन् । मलेसियामा नेपाली समुदायलाई सम्बोधन गर्दै उनले कुनै हालतमा अरु पार्टी जस्तो हुन नदिने वचनबद्धता व्यक्त गरे । कुनै चर्चित र लोकप्रिय विश्लेषकले यिनीहरु पनि उस्तै हुन् भन्दा विदेशमा पसिना बगाइरहेका तपाईंहरुलाई हो कि क्या हो भन्ने लाग्नसक्छ । तर, होइन, कुनै हालतमा होइन । कुनै हालतमा अरु पार्टी जस्तो हुन नदिने वचनबद्धता म व्यक्त गर्छु । रास्वपा पुरानो कुनै अर्को पार्टी जस्तो हुनै सक्दैन ।’ उनले भने, रास्वपाले बाटो बिराएछ भने मलाई मलेसियामा प्रवेश निषेध गर्नुहोला । एयरपोर्टमा रोक्नुहोला । जुन दिन हामीले इमान छाड्छौं, त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याँक्दिनुहोला ।’