साझेदारी गर्नुहोस्

राजावादी अभियन्ता, व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको छ।  राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं निवासमै रहँदा परिसरमा बाक्लो संख्यामा परिचालन गरिएको हो । उनलाई घरबाहिर निस्कन नदिने गरी प्रहरी परिचालन गरिएको छ । प्रसाइँले अहिले निवासमै पत्रकार सम्मेलनको तयारी भएको भन्दै आफूहरुले थप धारणा सार्वजनिक गर्ने तयारी गरेको छन् ।

प्रशासनले प्रसाईले तीनकुनेमा प्रदर्शन गर्न अनुमति नलिएको र जबरजस्ती गरे पक्राउ गर्ने प्रष्ट पारिसकेको छ ।