साझेदारी गर्नुहोस्

बर्दिया : बाघको आक्रमणबाट ज्यान गुमाएकी राजापुर नगरपालिका-१० कि ममता सुनारका घर परिवारलाई र मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका ठाकुरबाबा नगरपालिका २ का किसन थारूलाई विनय रावलले आर्थिक सहयोग प्रदान गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सामाजिक विभाग प्रमुख तथा केन्द्रीय सदस्य विनय रावलले आर्थिक सहयोग गर्नुभएको हो ।

 

बर्दिया राजापुर नगरपालिका-१० खैरि सुकुम्वासी गाउँका नैने लोहारकी छोरी २४ वर्षकि ममता सुनारको तीन दिन अघि बाघको आक्रमणबाट ज्यान गएको थियो । ज्यान गए संगै अन्तिम संस्कारमा सहयोग पुर्‍याउने उद्देश्यले उहाँले नगद २० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको जनाइएको छ ।

 

यसैगरि बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ पेरहनीका जित बहादुर थारूका छोरा १९ वर्षीय किसन थारू कार्तिक २८ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भई अहिले भारतको लखनउमा उपचार भइरहेको र उहाँको उपचारका लागि आर्थिक समस्या परेको भन्ने खबर रेडियो टाइगरबाट प्रसारण तथा अनलाइन संवादमा प्रकाशन भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सामाजिक विभाग प्रमुख तथा केन्द्रीय सदस्य विनय रावलले नगद ३० हजार आर्थिक सहयोग गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दिया जिल्ला सदस्य ऋषिराज पन्तले जानकारी दिनुभयो ।

 

यस्तै बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ पेरहनी गाउँका खेमनाथ चौधरी रुखबाट लडेर गम्भीर घाइते भइ खुट्टा भाँचिदा खुट्टामा रड हालिएको र टाउकोमा टाँका लगाइएकोमा अब उहाँको थप उपचारका लागि सम्बन्धित निकायमा सहयोगको पहल भइरहेको उहाँले बताउनुभयो । ठाकुरबाबा नगरपालिका बगनाहाका युवा संघका अध्यक्ष कमल न्यौपानेसहित आफूले सबै प्रक्रिया पुरा गरि पहल गरिरहेको बताउनुभयो ।

 

सेवामा समर्पित मनकारी व्यक्ति विनय रावलले समस्यामा परेकालाई आर्थिक सहयोग गर्नुभएकोमा किसन थारू र ममता सुनारका परिवारले कृतज्ञता प्रकट गरेका छन् ।