नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष आव २०८०र८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा एक अर्ब ३६ करोड १२ लाख युनिट बिजुली निर्यात गरी १२ अर्ब ५० करोड आठ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बिजुली निर्यात गएको आव २०७९र८० को यही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गएको आवको पहिलो चार महिनामा प्राधिकरणले ९८ करोड ३८ लाख युनिट बिजुली निर्यात गरी सात अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
















