साझेदारी गर्नुहोस्

उपत्यकामा विहीबार युवा संघ र दुर्गा प्रसाईको आयोजनामा हुने भिन्नाभिन्नै प्रदर्शनका कारण निजी विद्यालयहरु बन्द हुने भएका छन् । सरकारी विद्यालयबारे भने महानगरले कुनै निर्णय गरेको छैन । आयोजकले पठन पाठन अवरुद्ध नगर्ने आश्वासन दिए पनि उपत्यकाका सबै निजी विद्यालयले विद्यार्थीहरुलाई भोलि विद्यालय नआउन सूचना पठाएका छन् ।

उता सरकारी विद्यालय खुल्ने नखुल्नेबारे प्रश्न गर्दा महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले यसबारे कुनै निर्णय नभएको बताए । उनले खबरहबसँग भने, ‘विद्यालय बन्द गर्नेबारे कुनै छलफल र निर्णय भएको छैन ।’