यही मंसिर ७ गते काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम गर्ने भएका छन् । प्रसाईँ नेतृत्वको टीमसँगको छलफलपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खुमा प्रदर्शन गर्न अनुमति दिएको हो ।
व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले बिहीबार प्रदर्शन गर्दैछ । उनी गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्ध उभिएका छन् ।
प्रसाईँ र एमालेनिकटको राष्ट्रिय युवा संघ साथै अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर-नयाँ बानेश्वरभर रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि युवा संघले तीनकुनेमा कार्यक्रम स्थल तय गरेको छ ।