साझेदारी गर्नुहोस्

देवको उपासना गरी मनाइने छठ पर्वको आज समापन गरिँदैछ । नदी, तलाउका किनारमा बनाइएका छठघाटमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । आइतबार व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए ।