नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २० पैसा र बिक्री दर १४४ रुपैयाँ ८५ पैसामा कारोबारको अनुमति दिएको छ । गत सातासम्म युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको थियो ।