साझेदारी गर्नुहोस्

विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले बुधबार शतक पूरा गर्दै यसअघि सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान भंग गरेका हुन् ।

बुधबार न्युजिल्यान्डविरुद्धको खेलमा शतक बनाएसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको शतक सँख्या ५० पुगेको छ । विराटले दुई सय ९१ एक दिवसीय खेलको दुई सय ७९ पालीमा ५० शतकका अतिरिक्त ७१ वटा अर्धसतक पनि बनाएका छन् ।

सचिनले भने सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा शतक बनाएका थिए । विराटले न्युजिल्यान्डविरुद्धको खेलमा एक सय ६ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले शतक बनाएका हुन् । उनले खेलको ४१।४ ओभरमा न्युजिल्यान्डका बलर लोकी फर्गुसनको बलमा दुई रन लिँदै शतक पुरा गरेका हुन् ।