नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट स्वदेश फर्किएका छन् ।
दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिक २१ मा चीन उडेका नेपाल गएराति स्वदेश फर्किएका हुन् । नेपालसहितको प्रतिनिधिमण्डल चीनको कुनमिङ सहरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । नेपाल
‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत नेपाल सहभागी थिए । भ्रमणका क्रममा नेपालले चिनियाँ नेताहरुसँग भेटेका थिए ।