साझेदारी गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै जाति तथा समुदायका भाषा, साहित्य तथा संस्कृतिको संरक्षणबाट सामाजिक एकतालाई बलियो बनाउन सकिने बताउनुभयो । नेपाल संवत् ११४४ को अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविध कला, मौलिक संस्कृति तथा चाडपर्वले सांस्कृतिकरूपमा एकापसमा जोड्ने फरक भौगोलिक क्षेत्रका नेपालीलाई एकताबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभयो ।