साझेदारी गर्नुहोस्

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सामाजिक सदघाव बिथोलेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशनात्मक पत्र पठाएको हो ।

प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले नेपालका सबै इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरिएको जानकारी दिए । उनका अनुसार मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेललाई पनि टिकटक बन्द गर्न पत्राचार गरिएको बताए । पत्रमा आजैका मितिदेखि लागू हुने गरी टिकटक बन्द गर्न भनिएको छ ।