चालू आर्थिक वर्षमा विद्युतीय प्रणालीमार्फत हुने कारोबार रकम बढेको छ । चालू आर्थिक वर्षको तेस्रो महिना असोजमा मात्रै १० करोड २२ लाख ७९ हजार ८१६ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब ५१ अर्ब १४ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ४३ खर्ब ६२ अर्ब ४६ करोड रुपैयाँ विद्युतीय माध्यमबाट कारोबार भएको थियो । भदौमा उक्त कारोबार ३६ खर्ब ८९ करोड रुपैयाँको भएको थियो । अघिल्ला दुई महिनाको तुलनामा असोजमा विद्युतीय प्रणालीबाट हुने कारोबार बढेको छ ।