साझेदारी गर्नुहोस्

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरु मध्ये एउटा चाड हो ।यो चाड कार्त्तितक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तितक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ।हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधामसँग मनाउँछन् ।

यस पर्वको नाम हिन्दी शव्दको ‘त्योहार’ शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो ।

पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरु छन्,सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।