साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दवावमा रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका अधिकांश सूचकहरु केही सकारात्मक हुन गएपनि अझैपनि आर्थिक दवाव कायम रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको बताउनुभयो । उहाँले देशमा विद्यमान चुनौतिहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले आर्थिक दवाव चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महशुस भएको बताउनुभयो ।