चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा सचिव वाङको टोलीसंगको भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ ।
वाङले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हिजो काठमाडौं आएलगत्तै उपराष्ट्रपति रामसहाय यादवसँगको शिष्टाचार भेटमा वाङले सहयोग प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।