साझेदारी गर्नुहोस्

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याएको छ । एमडीएमएस प्रणालीमा दर्ता नभएका बढी मूल्यका केही मोबाइलमा दूरसञ्चार सेवा अवरुद्ध (नेटवर्क लक) गरेर प्राधिकरणले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो । एमडीएमएस प्रणालीमा दर्ता नभएका करिब ८ सयदेखि एक हजार वटा ‘हाइयन्ड’ मोबाइलमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा अवरुद्ध गरिएको छ​ ।

कात्तिक १९ पछि नेपालमा प्रयोगमा आएका सबै मोबाइल एमडीएमएसमा दर्ता भएर मात्र चल्न दिने पनि उनले जानकारी दिए । ‘यो प्रणालीमा दर्ता नभएका नयाँ मोबाइलको हकमा नयाँ सिमकार्ड राख्दाबित्तिकै १५ दिनभित्र दर्ता हुन एसएमएस आउँछ,’ अध्यक्ष खनालले भने, ‘उक्त अवधिमा प्रणालीमा दर्ता हुने मोबाइल निरन्तर चल्छन्, नहुने बन्द हुन्छन् ।’