साझेदारी गर्नुहोस्

नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई छाड्नुपर्नाको कारण लिखित रूपमा सात दिनभित्र पेस गर्नका लागि सर्वोच्च अदालतले माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले भारती शेर्पाद्वारा दायर रिटमा लिखित कारण माग गरेको छ भने पीडित परिवारको सुरक्षा व्यवस्था गर्न पनि आदेश जारी गरिएको छ । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी दिएका थिए । पूर्वपतिका हत्यारालाई राष्ट्रपतिले माफी दिनु संविधानविपरीत भन्दै शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । जसमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेलगायतलाई लिखित जवाफ पेस गर्न र पीडित परिवारको सुरक्षा व्यवस्था गर्न आदेश दिएको हो ।