बाँकेको नेपालगञ्जमा लगाइएको कर्फ्यू बिहिबार बिहानदेखि आंशिक रूपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहान ८ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू हटाइएको जनाएको छ । राति ८ बजेदेखि बिहान ६ बजेसम्म भने कर्फ्य जारी नै रहने जनाइएको छ । बिहान ८ बजेदेखि राति ८ बजेसम्म उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न नपाइने प्रशासन जनाएको छ । हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको पनि प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वीपीन आचार्यले जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न तथा मानव अधिकारको सम्मान गर्न आग्रहसमेत गर्नुभएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण