साझेदारी गर्नुहोस्

दलित व्यक्ति ले प्रेम गरेको मा ज्यान हुमाउनु पर्यो । जाजरकोटका २० वर्षीय नवराज बिकले जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्ध कै कारण ज्यान गुमाउनु परेको छ । जाजरकोटका २० वर्षीय नवराज बिकले जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्ध कै कारण ज्यान गुमाउनु परेको छ । परिवारकै एक्ला छोरा नवराजको निधनले उनको परिवार विछिप्त बनेको छ । वेहुली लिन गएको छोरा नदिको वगरमा मृत फेला परेपछि भेरी नगरपालिका ४, रानागाउँकी उर्मिला विश्वकर्माको (नवराजकी आमा) वेहोस जस्तै भएकी छन् । छोरालाई साथ दिन गएका नवराजका दुई साथीको पनि त्यस्तै अवस्था भएको छ ।

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।

कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।

पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कु’टपि’ट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए । जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पयो । त्यसपछि उहाँले “जति पि’टाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मा’रेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कु’टपि’ट शुरु भएको घाइते युवा आशिष विकले बताए । कु’टपि’ट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ । लखेटी–लखेटी भेरी नदीसम्म पु¥याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ । नवराजको शनिबार नै निधन भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर निधन भयो । कु’टाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा निधन भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

श्रीमान मोहनलाल अस्वस्थ्य भएका कारण उनी आफ्नो दैनिकी काम पनि गर्न सक्दैनन् । एक्लै ४ सन्तान हुर्काएकी उर्मिलाको अहिले संसार उजाडीएको छ । जेठी छोरीको विवाह भइसकेको छ । तीन सन्तानको भविष्यको निन्तामा थिइन् । छोरा नवराज मात्र हुन् । उनै जवान छोरालाई चुडेर लगेपछि उनको संसार उजाडिएको हो । समाजले हेर्ने दृष्टिकोणका कारण पछि आफ्नो छोरालाई समस्या होला भन्ने ठानेर किशोरीलाई पनि यो सम्बन्ध अगाडी नबढाउ भनेर सम्झाएको उनी बताउँछिन् । तर घटनाले यस्तो मोड लिन्छ भन्ने कुरा भने आफुले नसोचेको उनी बताउँछिन् ।

मृतक युवाका बुवाले भन्नुभयो, “हाम्रो जात नमिलेकै हो, यो विवाह ठिक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उहाँहरुले आफँै उजुरी गर्दा छलफलमा जाँदा उहाँहरु आफँै छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।” नवराजका बाबाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । “शनिबार बुहारी लिन जाँदा यो अवस्था आयो”, नवराजका बुवाले भन्नुभयो ।

घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरिएको छ। मृतक युवाको शव जाजरकोट अस्पतालमा राखिएको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको परीक्षण गर्न दिएका छैनन् ।

मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो । अन्यको खोजीकार्य जारी रहेको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन्

राष्ट्रिय दलित साझा नेटवर्क नेपालको केन्द्रीय कार्यालयले घटना निन्दनीय भएको र गम्भीर छानविन गरि दोषी उपर कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।

एक्लो सहारा गुमाएर विह्वल बनेकी उर्मिलाको न्याय पाउने आश मरिसकेको छ । गरिबीसंग लडिरहेकी उर्मिलालाई सहनै नसक्ने पुत्रशोक परेको छ । उनले भनिन दलित भए पछि सबैले हासो उडाउछ , अहिले सबै ले ठुलो जात को केटि लाइ आखा लगाए पछि येस्तै परिणम हुन्छ भन्छन।

क साचिकै हाम्रो समाज अझै बदलिएको छैन ? कहिले सम्म ठुलो जात सानो जात भन्दै मानिस ले हेपाई खानु पर्छ र ज्यान गुमाउनु पर्छ। कमेन्ट गरेर आफ्नो धारणा राख्नु होला।