साझेदारी गर्नुहोस्

अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताउनुभएको छ । सोमबार ललितिपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौति र जरुरी रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजकमेण्टका केही समस्याहरु रहेको बताउनुभयो । उहाँले बिस्तारै शेयर बजार बढ्दै जाने दाबी गर्नुभयो । उहाँले शेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै समाधानका उपाय खोज्ने बताउनुभयो । उहाँले साना वचत कर्ताहरुको लगानी सुरक्षित गरेर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।