कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा रहेका दलहरुभित्रै मतभेद रहेको भन्दै समाजवादी मोर्चा र कांग्रेसले आलोपालो गरेर एकलौटी सरकार चलाउन प्रस्ताव गरेका छन् । उनले कांग्रेसले तत्काल आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गरेर बस्नुपर्ने र डेढ वर्षपछि मोर्चाको समर्थनमा कांग्रेसले एकलौटी सरकार बनाउनुपर्ने बताए । ‘अहिले प्रधानमन्त्रीजीले बेला-बेला सुशासन दिन त चाहेको थिएँ, तर कांग्रेसले गर्दा…भनेजस्तो भाषा प्रयोग गर्नुहुन्छ, फेरि कांग्रेसका मन्त्रीहरु प्रधानमन्त्रीका कारणले काम गर्न नपाएको सुनाउनुहुन्छ,’ उनले भने, ‘अहिले हामीले गठबन्धन नगर्ने हो भने सरकार नै बन्दैन । त्यसैले गठबन्धन गरौँ । तर गठबन्धनभित्र पनि एकलौटी सरकार सञ्चालनको अभ्यास गरौँ, यो मेरो सिरियस प्रस्ताव हो, छलफल गरौँ ।’
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण