साझेदारी गर्नुहोस्

सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा छलफलपछि सरकार र शिक्षकबीच ७ बुँदे सहमति भएको हो । शिक्षकका मागलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएको हो  सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति पनि भएको छ ।