साझेदारी गर्नुहोस्

सत्ता गठबन्धन र प्रतिपक्षको भागबन्डाबाट छुटेको राप्रपाले प्रतिनिधिसभाको पूर्वाधार विकास समिति पाउने भएको छ । सत्ता र प्रमुख प्रतिपक्षले यसअघि संसदीय समितिमा आ-आफूले मात्र भागबन्डा गरेर रास्वपा र राप्रपालाई छुटाएका थिए ।

यसअघि माओवादीले लिने भनिएको पूर्वाधार विकास समिति राप्रपालाई दिने निर्णय भएको छ । माओवादी सांसद माधव सापकोटाका अनुसार माओवादीको भागमा परेको समिति राप्रपालाई दिने निर्णय भएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उक्त समितिको सभापतिमा सांसद दीपकबहादुर सिंहलाई उम्मेवादर बनाउने जानकारी दिए । माओवादीले आफ्नो भागमा परेको एक समिति राप्रपालाई दिएपछि उसको भागमा तत्काललाई १ समितिमात्र पर्ने देखिएको छ ।