साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदले आवश्यक कानूनहरू बनाउन नसकेको बताएका छन्।

संसदले आवश्यक संघीय कानून फटाफट बनाउन नसकेको उनको भनाइ छ।

‘संसदले आवश्यक संघीय कानून बनाउन सकेको छैन,’ सांसदसमेत रहेका सिंहले मंगलादेवी सिंहको २७ औं स्मृतिमा आइतबार आयोजित कार्यक्रममा भने।

आवश्यक संघीय कानून बनेमा स्थानीय तह र प्रदेशले पनि आफ्ना कामकारबाही अघि बढाउन सक्ने उनले बताए।

फरक प्रसंगमा बोल्दै उनले पछिल्लो समय युवाहरू विदेश जाने क्रम बढेकोमा चिन्ता व्यक्त गरे।

‘युवाहरूलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्छ,’ उनले भने, ‘यसबारेमा सरकार गम्भीर हुनुपर्छ।’

उनले धर्मलाई राजनीतिसँग नजोड्न पनि आग्रह गरेका छन्। सद्भाव कायम गरेर अघि बढ्नुपर्ने उनले बताए।