साझेदारी गर्नुहोस्

एमालेको जनवर्गिय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले वृक्षारोपण कार्यक्रम गरेको छ ।

 

शनिबार काठमाडौँको कागेश्वरी मनोहरा वडा नम्बर एक कमिटीले भूतपूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रबिन्द्र पण्डितको प्रमुख आतिथ्यता तथा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य रामेश्वर फुयाल र कृष्ण बहादुर राई लगायतका नेता तथा कार्यकर्ताका साथै भूपू सैनिक तथा प्रहरीहरुको उपस्थितिमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

 

 

वृक्षरोपण कार्यक्रममा कागेश्वर धाम क्षेत्रका विभिन्न ठाउँहरुमा वर, पिपल , पारिजात , अम्बा , अमला ,कल्की ,कपुर , जकरण्डा ,बेगनबेलि लगायत विभिन्न जातका ५ फिट देखी ९ फिट सम्मका हुर्केका विरुवाहरु रोपिएको छ ।

 

उक्त वृक्षारोपण कार्यक्रमको नेतृत्व गरेका नेता रामेश्वर फुयालका अनुसार जलवायु परिवर्तनको दुरगामी असरलाई मध्यनजर गर्दै वातावरणीय सन्तुलन कायम गर्न उक्त वृक्षारोपण गरिएको हो । उनका अनुसार पर्यटनको विकास र पर्यावरणीय सुन्दरताको जगेर्ना गर्न वृक्षारोपण अनिवार्य भएको बताइएको छ । नेता फुयाल भन्छन् : ” हामी मानव हौँ । त्यसैले हामिलाई अरु प्राणी भन्दा भिन्न वातावरण चाहिन्छ । प्राकृतिक सुन्दरता चाहिन्छ र आनन्द चाहिन्छ । हामी जुन प्रकृतिमा बाँचिरहेका छौँ । त्यही प्रकृतिलाई सजाउनु र स्वच्छ बनाउनु हाम्रो कर्तव्य हो । त्यसैले हामिले हाम्रो वातावरणलाई सिंगारौँ । प्रकृतिलाई पुजा गरौं । हरियाली र हराबरा बनाउँ ।” उनले थपे “यसमा सरकारले पनि ध्यान दिन जरुरी छ । तर सरकार सुशासन स्थापित गर्ने भन्दै स्टण्डबाजिमा रमाइरहेको छ” उनले टिप्पणी गरे । यस्तै उनले फरक प्रसङ्गमा सरकार भ्रष्टाचारको खेलमा लागेको आरोप लगाए । उनले भने ; ” सरकार भ्रष्टाचार नियन्त्रण गर्छु भन्छ तर क्विन्टलका क्विन्टल सुन एयरपोर्ट बाट भित्र्याउछ । गृहमन्त्री र अर्थमन्त्री यसमा जिम्मेवार हुनुपर्ने हो तर हामिलाई थाहा छैन भन्दै चोखिन खोज्छन् । भ्रष्टाचारीक्क खोजी पनि गर्दैनन् । उच्च स्तरीय न्यायीक छानबिन समिति बनाउ भन्दा पनि मान्दैनन् । यसमा थुप्रै संका गर्ने ठाउँ छ उनले भने ।

 

यस्तै नेता कृष्ण राइले वृक्षारोपण गरि वातावरणलाई स्वच्छ राख्नु सम्पूर्ण मानव जातिको कर्तव्य भएको बताए । वातावरण स्वच्छ भएमा मात्र मानिस र अन्य प्राणी स्वस्थ हुने भन्दै उनले वातावरण जोगाउने अभियानमा लाग्न सबैलाई आग्रह गरे ।

 

वृक्षारोपण कार्यक्रको नेतृत्व गरेका भूपु डिआइजी रबिन्द्र पण्डितले वृक्षरोपण गर्नु भनेको प्राणको एक अंश रोप्नु जतिकै भएको बताए । दीर्घ र निरोगी जीवन जीउनका लागि वन जंगलले प्रमुख भूमिका खेल्ने भएका कारण वृक्षारोपण अनिवार्य र आवश्यक कार्य भएको उनको भनाइ छ ।