साझेदारी गर्नुहोस्

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन तयार रहेको बताएका छन् । मंगलबार घोराहीमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएपछि यो वबषय छिटो टुंगोमा पुगोस् भन्ने पक्षमा आफू रहेको बताएका हुन् ।

‘सुन प्रकरणमा मेरो नाम मुछिएपछि म सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु,’ महराले भने,‘अनुसन्धानका लागि मलाई बोलाउनुस् भनेकै छु । जुनबेला बोलाए पनि जान तयार छु ।’

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रूपमा मात्र चिनेको उनले बताए । ‘त्यसबाहेक उनलाई मैले चिनेको छैन । सुन प्रकरणमा मेरो गलत प्रचार भएको छ,’ उनले भने,‘सञ्चार माध्यममा गलत प्रचार भएको छ ।’ सुन तस्करीका विषयमा आफूले कुनै पनि टेलिफोन संवाद नगरेको महराको दाबी छ ।