साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने प्रवृत्ति देखिएको बताएका छन्।

प्रजातान्त्रिक विचार समाजका प्रतिनिधिहरूसँगको सोमबार चाक्सीबारीमा भएको छलफलमा सिंहले मुलुक र राजनीतिक दल विधिको शासनअनुसार चल्नुपर्ने बताए।

‘पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरूद्ध संघर्ष गर्नुपर्ने चुनौती थपिएको छ,’ उनले भने।

मुलुकमा रहेका विकृति र विसङ्गती तथा भ्रष्टाचारविरूद्ध राजनीतिक दल एकजुट हुनुपर्ने उनले बताए।

उक्त छलफलमा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्रप्रति बढ्दो खतरा रहेको बताएका थिए।