साझेदारी गर्नुहोस्

प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ। सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले नाराबाजी गरेपछि शुक्रबार बसेको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको छ।

बैठकको सुरुमै एमालेका सांसदहरुले अवरोध गरेपछि सत्तापक्षका सांसदहरुले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए।

एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरुले त्यसलाई अवरोध गर्ने रणनीतिका साथ उठेर विरोध गरेका थिए। सत्तापक्षमा सांसदहरुले उठेपछि एमालेका सांसदहरुले वेल घेराउ गर्दै सरकार र सत्तापक्षबिरुद्ध नाराबाजी गरेका छन्।

एमालेका सांसदहरुले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। यही साउन २९ गते सोमबार दिनको एक बजे बस्नेगरी बैठक स्थगित गरिएको हो।