साझेदारी गर्नुहोस्

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अढाई महिनापछि शुक्रबार बसेको छ । समितिको पहिलो बैठक २ जेठमा बसेको थियो । शुक्रबार बिहान साढे ११ बजे दोस्रो बैठक बसेको हो ।

समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले सभापति चयनपछि बैठक राखौँला भनी कुरेर बस्दा ढिला भएको बताए । ‘तीन महिना पुग्न लाग्दा पनि समिति चयन भएन । अति भएपछि बैठक बोलाएको हुँ । यो समितिले उठान गर्नुपर्ने थुप्रै विषय आएका छन्,’ उनले भने ।
दोस्रो बैठकमा समितिको आन्तरिक कार्यविधिमाथि छलफल भइरहेको छ ।बैठकमा सांसदहरूले विविधअन्तर्गत ससन काण्डसहित पछिल्ला घटना उठाउने तयारी गरेका छन् । देशमा सुशासनसँग सम्बन्धित ठूला घटना घटिरहेका वेला राज्य व्यवस्था समिति निष्क्रिय रहेको भन्दै सांसदहरूले गुनासो गरेका थिए । राज्यमा ठूला घटना भइरहेका वेला समिति नबस्दा नरमाइलो लागेको रास्वपाकी सांसद चन्दा कार्कीले बताइन् ।