साझेदारी गर्नुहोस्

भारी वर्षापछि आएको बाढीका कारण काठमाडौँको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले आज वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिए । यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो । त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा आज ११ दिनपछि शव फेला परेको उहाँले बताउनुभयो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ ।