साझेदारी गर्नुहोस्

कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर गरिएको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मङ्गलबारदेखि भइरहेको सुनुवाइ हिजो पनि नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।