साझेदारी गर्नुहोस्

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा आगामी केन्द्रीय कमिटीको बैठकका एजेन्डाबारे छलफल भएको छ ।

बुधबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा साउन १७ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकका प्रारम्भिक एजेन्डाबारे छलफल भएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार दिउँसो ४ बजे पुन: पदाधिकारी बैठक बस्ने भएको छ ।

२०७८ पुस मा माओवादी महाधिवेशनपछि केन्द्रीय कमिटीको बैठक नबसेको करिब १५ महिना भइसकेको छ । यसबीचमा २ पटक केन्द्रीय कमिटीको बैठक बोलाइए पनि स्थगित गरिएको थियो ।