साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको गठबन्धनको राजनीतिक नेतृत्व कांग्रेसले नै गरिराखेको बताएका छन्।

शुक्रबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले गठबन्धन कांग्रेसले नै बनाएको र नेतृत्व पनि गरिराखेको उल्लेख गरेका हुन्।

‘सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस तीनै तहको सरकारमा छ, संसदमा छ,’ उनले भने, ‘यो ठूलो उपलब्धि हो।’
गठबन्धनको स्थिरताका लागि केन्द्रीय समितिले दृष्टिकोण बनाउनुपर्ने पनि उनले बताए।

‘सभापतिको नेतृत्वमा गठबन्धन र ठूलो पार्टी बनेको छ। यो गठबन्धन र सरकारलाई कसरी जनतासँग जोड्ने दृष्टिकोण बनाउनुपर्छ,’ उनले भने।

उनले महँगी बढेकोले मानिसको दैनिक जीविका चलाउन गाह्रो भइरहेको बताए। ‘बेरोजगारीको समस्या पनि बढेर गएको छ,’ उनले भने।