साझेदारी गर्नुहोस्

महानगरीय प्रहरी वृत्त, कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि १४५ प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।