साझेदारी गर्नुहोस्

काठमाडौँको एपेक्स कलेजले क्रिकेट कप आयोजना गर्ने भएको छ ।

कलेजका क्रिकेट प्रतिभाहरुलाई एकताबद्ध गर्दै युवा क्रिकेट उत्साहीहरुको सिप प्रर्दशन र उच्च स्तरमा प्रतिस्पर्धाका लागि प्लेटफर्म प्रदान गर्ने लक्ष्यका साथ उक्त कपको आयोजना हुन लागेको हो ।

आगामी भदौ २४ गते देखि असोज ३ सम्म काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने एपेक्स आई.सि. सि. कपमा विभिन्न कलेजका १२ टोलिलाई एकै ठाउँमा ल्याइनेछ ।  खेलकुदको उत्सवको रुपमा कार्यक्रमले सहभागी कलेजहरु बीच सौहार्द, स्वस्थ्य प्रतिस्पर्धा र खेलकुदको भावनालाई बढवा दिनेछ । यस प्रतियोगिताले क्रिकेट खेललाई प्रवर्द्धन गर्ने मात्र नभई कलेजका विद्यार्थीहरुको शैक्षिक र एथलेटिक उत्कृष्टतालाई पनि उजागर गर्ने कलेजको दावी छ ।

आकाङ्क्षी खेलाडीहरुका लागि अवसर सिर्जना गर्दै उनीहरूको क्षमताको वृद्धि- विकासका लागि प्लेटफर्म तयार गर्नुका साथै खेलकुदको शक्ति मार्फत समुदायलाई प्रेरित गरि खेलकूदको क्षेत्रमा स्वस्थ प्रतिस्पर्धाको संस्कृती बसाल्नु नै उक्त कपको प्रमुख उद्देश्य रहेको एपेक्स आई.सि. सि. कपकि प्रवक्ता अस्मिता पौडेलको भनाइ छ ।

कुनै पनि खेलले खेलाडी र दर्शक दुवैका लागि रोमाञ्चक अनुभव प्रदान गर्दै उनीहरुका बिच भाइचाराको सम्बन्ध स्थापित गर्ने भएकाले उक्त एपेक्स आई.सि. सि. कपले पनि युवा र प्रभावशाली वर्गसँग जोडिन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने कलेजको विश्वास छ ।

कपमा प्रायोजकहरुले प्रचार सामग्री, डिजिटल प्लेटफर्महरु, स्टेडियम ब्राण्ड र सम्भावित मिडिया कभरेज सहित विभिन्न मार्केटिङ्ग च्यानल मार्फत ब्राण्ड एक्सपोजरबाट व्यापक लाभ उठाउन सक्ने भएकाले कम्पनीहरुलाई उनीहरुको ब्राण्ड दृश्यता बढाउन र भावुक दर्शकहरुसंग संलग्न हुनको लागि एक आदर्श प्लेटफर्म प्रदान हुने कलेजको भनाइ छ ।