साझेदारी गर्नुहोस्

कपिलवस्तु र रुपन्देहीका गरी बुधबार थप १३ जनामा कोरोना संक्रमण (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये १२ कपिलवस्तु र १ रुपन्देहीका छन् । ती सबै भारतबाट आएर क्वारिन्टिनमा बसेकाहरु हुन् । यसबारे स्वास्थ्य मन्त्रालयको औपचारिक धारणा बाहिर आउन बाँकी छ ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२० पुगेको छ ।