साझेदारी गर्नुहोस्

 

मृत्यु भएको भनिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक व्यक्ति जिवीतै रहेको भन्दै अस्पतालले विज्ञप्ति जारी गरेको छ । सामाजिक सञ्जालमा गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षीय शिक्षकको मृत्यु भएको हल्ला चलेपछि बुटवलको मिसन अस्पतालले विज्ञप्ति जारी गरेर उनी जिवितै रहेको स्पष्ट गरेको हो । गत १ जेठमा टाउको दुखेको ताथ ज्वरो आएको भन्दै उपचारका लागि आएका ती शिक्षकाको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । सामाजिक सञ्जाल र मिडियाहरुमा निज बिरामीको मृत्यु भयो भन्ने गलत, भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएको भन्दै विज्ञप्तिमा गलत समाचारको पछि नलाग्न आग्रह गरिएको छ । अस्पतालले संक्रमित शिक्षकको सघन कक्ष (आईसियु) को भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ ।