साझेदारी गर्नुहोस्

काठमाडौँको जनमैत्री बहुमुखी क्याम्पसले वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सोमबार दिउँसो विश्व वातावरण दिवसको अवसरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

क्याम्पस प्रमुख भोलानाथ ओझा, कुलेश्वर आवास क्षेत्रका अध्यक्ष राजु शर्मा दाहाल लगायत व्यक्तिहरुको उपस्थितिमा विभिन्न प्रजातिका एक सय बोट विरुवाहरु रोप्दै रचनात्मक तवरबाट उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

`प्लास्टिक जन्य पदूषण निर्मूल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं ´भन्ने मुल नारका साथ सम्पन्न उक्त कार्यक्रममा कुलेश्वर आवास क्षेत्र सँस्था, माउन्ट एभरेस्ट क्लबका पदाधिकारीहरु र स्थानीय बासीका साथै जनमैत्री क्पाम्पसका सम्पूर्ण कर्मचारी तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रह्यो ।

वृक्षारोपणको अन्त्यमा वातावरण सम्बन्धि लेख रचना तथा चित्रकला प्रतियोगिता समेत गरियो । उक्त प्रतियोगितालाई ग्यालरी वाल्क प्रणाली बाट निर्णय गरि उत्कृष्ट हुनेलाई दुई हजार रुपैयाँ तथा सहभागी प्रतियोगीहरुलाई पाँच सयको दरले पुरस्कार वितरण गरिएको क्याम्पसका प्रशासन प्रमुख दिपक सिंहले बताए ।