साझेदारी गर्नुहोस्

बुद्ध एयरले काठमाडौं–तुम्लिङटार गन्तव्यमा एटिआर–७२ जहाजमार्फत नियमित उडान सुरू गरेको छ।

बुद्धले मंगलबार (आज) देखि एटिआर–७२ जहाजमार्फत व्यवसायिक उडान थालेको हो। यसअघि बुद्धले उक्त गन्तव्यमा एटिआर–४६ जहाजमार्फत उडान गरिरहेको थियो।

यात्रुको माग बढेसँगै बुद्धले ७० जना यात्रु क्षमताको एटिआर–७२ बाट उडान थालेको बताएको छ। एटिआर–७२ जहाजबाट यसअघि नै परीक्षण गरिएको थियो।

काठमाडौं–तुम्लिङटारको सुरूवाती भाडादर ६ हजार ३८५ भाडादर रहेको छ।