साझेदारी गर्नुहोस्

राष्ट्रियसभाको बैठक आगामी बुधबार बस्ने भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले बुधबार दिउँसो १ बजेर १ बजे बस्ने गरी बैठकको मिति तोकेका हुन् ।
यसअघि वैशाख ५ गते सूचना टास गरी बैठक स्थगित गरिएको थियो ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम बैठक निर्धारण भएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।