साझेदारी गर्नुहोस्

सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित पौवागढीमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परेर दुईजना घाइते भएका छन् । काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको स.५.प ७२९६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनेमा सिरहा घर भएका खलिल मन्सुरी र एजान खान छन् ।

३६ वर्षीय खलिलले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भएर पिलरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सडकबाट करिब १५० फिट तल खसेर घाइते भएका दुवै जनालाई उपचारका लागी जिल्ला अस्पताल सिन्धुलीमा पठाइएको छ । मोटरसाइकल प्रहरी चौकी पौवागढीमा राखिएको छ ।