साझेदारी गर्नुहोस्

राष्ट्रपति पदका दुवै उम्मेदवारको विरोधमा कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज बिहान १० बजेदेखि २ बजे दिउँसोसम्म कुनै पनि उजुरी नपरेको आयोगले एक सूचना जारी गर्दै जनाएका छ ।
नयाँ राष्ट्रपतिका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका वरिष्ठ नेता पौडेलले आठ दलको समर्थनमा उम्मेदवारी दिएका छन् भने एमाले उपाध्यक्ष नेम्वाङको मनोनयनमा उनको दल मात्रै समर्थक रहेको छ ।