साझेदारी गर्नुहोस्

काठमाडौँको क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने बाग्मती सडकको अनुगमन गरिएको छ । नेकपा एमाले क्षेत्रीय कमिटी सहित बाग्मती सरोकार समिति ,कृष्ण नगर समाज सुधार समाज लगायतका विभिन्न संघ सस्थाहरुको सयुक्त समुहले उक्त अनुगमन गरेको हो ।

शुक्रबार विहान बाग्मती किनाराको गोकर्ण बाँध देखि सुरु भएको अनुगमन कार्यक्रममा नेकपा एमालेका पोलिट्व्युरो सदस्य कृष्ण राई , संविधान सभा सदस्य तथा बाग्मती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाल , प्रतिनिधि सभा सदस्य शान्ती श्रेष्ठ , गोकर्णेश्वर नगरपालिकाकि उप-प्रमुख सन्नानी लामा लगायतका व्यक्तिहरुको सहभगितामा रहेको थियो । सोही क्रममा दक्षिण ढोका पुल सम्मको एक किलो मिटर सडक अनुगमन गरिएको हो ।

सडक अनुगमनका क्रममा स्थलगत भ्रमणमा रहेका नेता रामेश्वर फुयालले धुलाम्मे र हिलाम्मे सडकका कारण जनताले सास्ती भोग्दै आएको भन्दै छिट्टै कालोपत्रे गरिनुपर्ने बताए । यस्तै उनले अनधिकृत रुपमा बाटोलाई मिचेर बनाएका संरचनाहरु समेत हटाउन आग्रह गरे । कालोपत्र गरिदाका बखत सडकमा अनावश्यक बस्तुले फ़ोहोर गर्ने र पानि फालेर सडक भिजाउने काम नगर्न समेत फुयालको आग्रह छ ।
यस्तै अर्का नेता कृष्ण बहादुर लाइले विकास निर्माणमा कामहरूमा जनताले बाधक बन्न नहुने बताए । विकास भइरहेका बेला विभिन्न बहाना गरि काममा अवरोध गर्ने खालका गतिविधिहरु नगरे चाडैं नै विकास हुने उनको भनाइ छ ।

सडक निर्माणका क्रममा विभिन्न बाहाना बाजि गरि काममा रोकावट ल्याउने काम नगरिदिन र केही समस्या भए समाधानका लागि छलफल गर्न नेताहरुको सुझाव छ ।