बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी बिहे गर्दैछन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले ६ फेब्रुअरीमा विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह जैसलमेरको सूर्यगढ दरबारमा हुनेछ।
उनीहरूको विवाह समारोह ४ देखि ६ फेब्रुअरीसम्म हुनेछ। विवाह सम्पन्न भएपछि मुम्बईमा रिसेप्सन पार्टी आयोजना गरिनेछ।
उनीहरूको विवाहमा शाहरूख खान, शाहिद कपूर, उनकी पत्नी मीरा राजपूत, करण जोहर, मनिष मल्होत्रा, वरुण धवनसहित १०० जना पाहुना सहभागी हुनेछन्।
विवाहमा आउने पाहुनाका लागि मर्सिडिज बेञ्ज, जगुअर, बिएमडब्ल्यू जस्ता ७० वटा कारको व्यवस्था गरिएको छ।
फिल्म ‘शेरशाह’ को छायांकन क्रममा उनीहरू बीच प्रेम सम्बन्धको सुरूआत भएको थियो। तर सिद्धार्थ र कियाराले आफ्नो प्रेम सम्बन्धको बारेमा कहिलै खुलेर बोलेका थिएनन्। न त अस्वीकार नै गरेका थिए।






















